Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • थ्री स्टार रेलिगेसनबाट जोगिन सफल, एपीएफ ‘बी’ डिभिजनमा घटुवा

    थ्री स्टार रेलिगेसनबाट जोगिन सफल, एपीएफ ‘बी’ डिभिजनमा घटुवा

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 816
    SHARES

    काठमाडौं । थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशनबाट जोगिएको छ ।

    आज दशरथ रङ्गशालामा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार ‘बी’ डिभिजन घटुवाबाट जोगिएको हो । उसका लागि विक्रम लामाले पेनाल्टीमा गोल गरे ।



    आज पराजित भएको भए थ्री स्टार रेलिगेशनमा पर्ने थियो । थ्री स्टार ‘ए’ डिभिजन लिगमै रहने भएपछि सशस्त्र प्रहरीको एपीएफ क्लब भने रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा भएको छ ।



    यो सिजनमा खुमलटार युथ क्लब र एपीएफ क्लब ‘बी’ डिभिजनमा घटुवा भएका छन् । ०६२ सालदेखि ‘ए’ लिग खेलेको एपीएफ पहिलोपटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो । लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले जितिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार