Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • योगगुरु रामदेवले चन्द्रागिरी डाँडामा योग प्रशिक्षण दिँदै

    योगगुरु रामदेवले चन्द्रागिरी डाँडामा योग प्रशिक्षण दिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1K
    SHARES

    काठमाडौं । योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण दिने भएका छन् । बिहीबार काठमाडौं आएका उनले चन्द्रागिरीमा योग ध्यान गर्ने भएका हुन् । रामदेव पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन नेपाल आएका थिए।

    भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने बताइएको छ। चन्द्रागिरी हिल्स लिमिटेडका अनुसार उनले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्ने र उपस्थितहरूलाई योग सिकाउनेछन्।



    त्यसका लागि बाबा रामदेव शुक्रबार बेलुका चन्द्रागिरी पुग्नेछन्। त्यस्तै उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने भएका छन्। उनले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनकी पत्नी सिता दाहालसँग भेट गरेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार