Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • भ्रामक विज्ञापन गरेको आरोपमा बाबा रामदेव सर्वोच्च अदालतमा उपस्थित

    भ्रामक विज्ञापन गरेको आरोपमा बाबा रामदेव सर्वोच्च अदालतमा उपस्थित

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 324
    SHARES

    एजेन्सी। योग गुरू बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण अदालतमा उपस्थित भएका छन् ।

    पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा उनीहरू भारतीय सर्वोच्च अदालतमा हाजिर भएका हुन् । सर्वोच्चले उनीहरूलाई आफ्नो निर्देशनको पालना नगरे कारबाही भोग्नको लागि तयार रहन समेत भनेको छ।



    पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।



    पतञ्जलीले गत महिना उक्त विषयमा माफी मागे पनि अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।

    सर्वोच्च अदालतले २७ फेब्रुअरीमा पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो ।

    साथै सर्वोच्चले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार