Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाबा रामदेवले बनाए बलिउडलाई निशाना, भने – बलिउडमा चारैतिर लागूऔषध मात्र छ

    बाबा रामदेवले बनाए बलिउडलाई निशाना, भने – बलिउडमा चारैतिर लागूऔषध मात्र छ

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 729
    SHARES

    एजेन्सी । योग गुरु बाबा रामदेवले बलिउडमा चारैतिर लागूऔषध मात्र भएको आरोप लगाएका छन् ।

    उत्तर प्रदेशको मुरादाबादमा नशा मुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आममानिसलाई लागूऔषध नलिन आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागूऔषध प्रयोगकर्ताको आरोप लगाएका हुन् ।



    उनले भने, ‘शाहरुख खानका छोरा लागूऔषध लिइरहेका छन् । सलमान लागुऔषध लिन्छन्, आमिरको थाहा छैन । थाहा छैन, कति ठूला–ठूला, जसलाई फिल्म स्टार भन्छन् । अभिनेत्रीको त भगवान नै मालिक हुन् । फिल्म उद्योगमा चारैतिर लागूऔषध मात्र छ ।’



    उनले सलमान खान, शाहरुख खान र आमिर खानको नाम लिँदै उनीहरुलाई लागूऔषध प्रयोगकर्ता भन्न छुटाएनन् ।रामदेवले बलिउडप्रति निशाना साँधेको यो पहिलोपटक होइन ।

    यसअघि पनि उनले बलिउडप्रति आक्रोश पोख्दै आएका छन् । बलिउडमा लागूऔषध मामलामा कैयौं कलाकारहरु पक्राउ परिसकेका छन् । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जसकारण उनी पुनः चर्चामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार