Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ताइवानले लडाकु विमान सार्वजनिक गर्दा चीनलाई चिन्ता, टक्कर दिने चेतावनी

    ताइवानले लडाकु विमान सार्वजनिक गर्दा चीनलाई चिन्ता, टक्कर दिने चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । पुनः एकीकरणका लागि चीनले दबाब दिइरहेका बेला ताइवानले भने आफ्नो रक्षा गर्न सक्ने नयाँ लडाकु विमान सार्वजनिक गरेको छ ।

    समाचारमा जनाइए अनुसार अपग्रेड गरिएका एफ–१६ उक्त लडाकु विमानले चीनको संभावित आक्रमण सामना गर्न सक्ने बताइएको छ ।



    बिहीबार पाइलटहरूले दक्षिण–पश्चिम तटस्थित चियाई नामक हवाड अड्डाको आकाशमा ‘भाइपर’ समेत भनिने र अपग्रेड गरिएका एफ(१६ लडाकु विमान उडाएका थिए । उडानका क्रममा भाइपर लडाकु विमानको सैन्य क्षमता प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा २ दर्जनभन्दा बढी एफ–१६ भी सहभागी भएको सीएनएनले जनाएको छ ।



    यसअघि ९० को दशकमा अमेरिकासँग खरिद गरिएका पुराना एफ–१६ए÷बी लडाकु विमानलाई अपग्रेड गरेर भाइपर विमान बनाइएको हो ।

    ताइवानको आधिकारिक समाचार माध्यम सेन्ट्रल न्यूज एजेन्सी (सीएनए) का अनुसार अपग्रेड गरिएका विमानमा अत्याधुनिक रडार सिस्टम र नयाँ ‘मिशन कम्प्युटर’ जडान गरिएको छ ।

    यसबाहेक, ताइवानले अमेरिकी निर्माता कम्पनी लकहिड मार्टिनबाट ६६ वटा नयाँ एफ–१६ भाइपर लडाकु विमान खरिद गर्दैछ । २०२३ सम्ममा ती विमान ताइवानमा आउने सिएनएले जनाएको छ ।

    पछिल्लो समय ताइवानले चीनबाट बढ्दै गएको खतराबीच आफ्नो सैन्य शक्ति सुदृढ तथा विस्तार गर्न थालेको छ । यसै अक्टोबरमा बेइजिङले ताइवान नजिकै १५० वटा लडाकु विमान पठाएको थियो । सीएनएनबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार