Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले महाधिवेशन उद्घाटनलाई फर्केर हेर्दा:

    चितवनमा एमालेका मात्र ७० हजार मान्छे, त्यही पनि न पर्याप्त शौचालय, न पिउने पानी !

    चितवनमा एमालेका मात्र ७० हजार मान्छे, त्यही पनि न पर्याप्त शौचालय, न पिउने पानी !

    'केपी ओलीका गफै ठूला'

    निर्मल लामिछाने
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.7K
    SHARES

    चितवन । जिल्लाको नारायणी नदी किनारमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पार्टीले सोचे भन्दा निकै कम कार्यकर्ताहरु उपस्थिति भएको प्रतक्ष्यदर्शीहरुले बताएका छन् ।

    महाधिवेशनको उद्घाटन सत्रमा १५ लाख मान्छे उतार्ने संकल्पबाट ब्याक हुँदै १० लाख मानिसहरुको उपस्थिति गराउने दाबी गरेको एमालेले १ लाख जति पनि मान्छेहरु ल्याउन नसकेको उपस्थित कार्यकर्ताहरुको भनाइ छ ।



    पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेर अनेकौं तामझाममाका साथ लाखौं यात्रुहरु र सर्वसाधारणहरुलाई बाटोमै रोकेर महाधिवेशनको उद्घाटन गरेको एमालेले मात्रै ६०/७० हजारको हाराहारीमा मान्छे उतारेको उपस्थितिहरुले दाबी गरे।



    मञ्चको अगाडि ४० देखि ५० हजार र वरपर बजार क्षेत्र र पुल, बाटोघाटोमा १० देखि २० हजार गरेर करीव ६०-७० हजार मान्छे आएको अनुमान प्रत्यक्षदर्शीको छ । मञ्चको अगाडि धेरै ठूलो खाली ठाउँ छाडिएको थियो।

    मानिसहरु निकै कम उपस्थित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले जति नै ठूला गफ दिए पनि उनको कार्यक्रममा मानिसहरु आउन छाडेको उनीहरुकै नेता कार्यकर्ताले कानेखुसी गरेका थिए।

    त्यसो त आएका मान्छेहरुलाई उतार्न पनि एमालेले सत्तामा हुँदा कमाइ गरेको पैसा खर्च गरेको विपक्षी दलका नेतादेखि कार्यकर्ताहरुले आरोप लगाएका छन्। कार्यक्रममा एमालेले गाउँबाट सर्वसाधारणहरुलाई दैनिक एक हजार र खाना-खाजा दिने भनेर बसमा जबरजस्ती हुलेर ल्याएको चर्चा पनि सामाजिक संजालदेखि चोकचोकका पसलहरुमा गुञ्जिएका छन्।

    यता, महाधिवेशनलाई चर्चा गरेजस्तो व्यवस्थित बनाउन नसकेको एमालेले लक्ष्यभन्दा कम जनमास आउँदा पनि उनीहरुको उचित व्यवस्थापन गर्नबाट पनि चुकेको प्रस्टै देखिन्थ्यो । उद्घाटन समारोहका लागि नारायणीतीर रोजेको एमालेले न त पर्याप्त शौचालयको व्यवस्था गर्न सक्यो, न त खानेपानीकै सुविधा ।

    शौचालय नहुँदा धेरै सहभागीले सास्ती खेप्नुपरेको देखिन्थ्यो, उनीहरुले आसपास मुन्टो लुकाएर पिसाव फेरेको देखिन्थ्यो भने कसैले प्यास बुझाउनकै लागि नदीको धमिलो पानी पिइरहेका थिए।

    उद्घाटन सत्रमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा र चाकडी भने निकै गरेको देखिन्थ्यो । ओलीको समर्थनमा गीत, म्युजिक भिडियो, डकुमेन्ट्री, गैँडा आदि देखाउदै एमाले जिन्दावाद र केपी ओलीको प्रशंशा गरिएको थियो भने मास्कमा समेत ओलीकै तस्बिर राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार