Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट, भारतसहितका देशबाट यात्रा गर्नेलाई २१ दिन क्वारेन्टिन

    हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट, भारतसहितका देशबाट यात्रा गर्नेलाई २१ दिन क्वारेन्टिन

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 945
    SHARES

    फाइल फोटो

    हङकङ । हङकङमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

    उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए । उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिबाट उनमा नयाँ भेरियन्ट सरेको हुने अनुमान गरिएको छ ।



    परीक्षणका क्रममा उनीहरु दुबैमा नाम दिइएको भेरियन्ट देखिएको थियो । डब्लूएचओले सुरुमा B.1.1.529 नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै राज्यमा संक्रमण बढी रहेको पाइएको जनाएको थियो ।



    डब्लूएचओले ओमिक्रोनबाट संक्रमणको जोखिम उच्च रहेको जनाउँदै विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाएका छन् । डब्लूचएओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।

    हङकङ सरकारले दक्षिण अफ्रिका, भारत, अमेरिका, बेलायतलगायतका अन्य देश भएर आउने हवाई यात्रुलाई होटेलमा अनिवार्य २१ दिन क्वारेन्टिनको व्यवस्था गरेको छ। एजेन्सीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार