Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेको दशौं राष्ट्रिय महाधिवेशन :

    १० बजेलाई तय भएको बन्दसत्र ७ बजेलाई सर्यो, ३०१ केन्द्रीय सदस्यको सूची तयार

    १० बजेलाई तय भएको बन्दसत्र ७ बजेलाई सर्यो, ३०१ केन्द्रीय सदस्यको सूची तयार

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.6K
    SHARES

    चितवन । सौराहमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र साँझ ७ बजे शुरु हुने भएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरे पनि बन्दसत्र रोकेर छलफलमा जुटेका उनले अझैसम्म पदाधिकारीमा सहमति जुटाउन सकेका छैनन् ।



    केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका उनले पदाधिकारी भने आफैले टुंग्याउने बताएका थिए । ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका हुन् ।



    चार नेताले केन्द्रीय सदस्यहरुको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाइसकेका छन् । अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ । स्रोतका अनुसार केन्द्रीय सदस्यहरुको सूचीमा वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर थपिएको छ ।

    यता, ओलीकै निर्देशन मानेर बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेका प्रतिनिधिहरु भने ७ घण्टा कुर्दा पनि बन्दसत्र सुरु नभएपछि अलमलमा परेका थिए ।

    प्रतिनिधिहरुलाई अहिलेसम्म कुराएर साँझ ७ बजे मात्र बन्दसत्र सुरु हुने माइकिङ गरिएको छ । ७ बजे सुरु हुने बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरुलाई खाना खाएर आउन भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार