Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हिजो हवाई फायर भएको सर्लाहीमा आज कुटाकुट, अझै हुन सकेन अधिवेशन

    हिजो हवाई फायर भएको सर्लाहीमा आज कुटाकुट, अझै हुन सकेन अधिवेशन

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.3K
    SHARES

    सर्लाही । हिजो हवाई फायर भएको सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिकाको वडा नम्बर ८ मा कांग्रेसको वडा अधिवेशनमा आज कुटाकुट भएको छ ।

    वडा अधिवेशन क्रममा विवादले उग्र रूप लिएपछि झडप भएको हुँदा मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् ।



    अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । सो झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए ।



    मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

    झडपमा परेर झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको छ ।

    सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको हो ।

    हिजो वडा अधिवेशनकै क्रममा विवाद हुँदा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार