Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सर्वदलीय बैठक बोलाउने सभामुख सापकोटाको तयारी

    सर्वदलीय बैठक बोलाउने सभामुख सापकोटाको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 975
    SHARES

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको काम कारवाहीलाई नियमित गर्न सर्वदलीयलगायत सरोकार पक्षसँग तत्काल बैठक राख्ने बताएका छन्।

    बिहीबार बिहान अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भइ स्वदेश फर्केका सभामुख सापकोटाले त्रिभुवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।



    स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने धारणा राखेका थिए।



    सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही मङ्सिर ८ गते स्पेन प्रस्थान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार