Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सौताको छोरालाई दुधमा बिषादी मिसाई हत्या गरी फरार महिला भारतबाट पक्राउ

    सौताको छोरालाई दुधमा बिषादी मिसाई हत्या गरी फरार महिला भारतबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    कैलाली । सौताको छोरालाई दुधमा बिषादी खुवाई हत्या गरी फरार रहेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ घर भएकी कैलाली धनगढी उप-महानगरपालिका-२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकाया रहेकी छिन्।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले डेरा/कोठामा गई बुझी दिन भनि खबर गरेका थिए।



    श्रीमानको फोनपछि आफन्तले उक्त कोठामा बालकको खुट्टामात्र झ्यालबाट देखेको र कोठामा कोही नभएको भनी प्रहरी कार्यालयमा जानकारी गराएपछि खटिएको प्रहरीले हेर्दा मागीका सौताको छोरा धनगढी उपमहानगरपालिका-२ स्थित हिमालय एकेडमीमा अध्ययनरत १० वर्षीय निशान्त थापामगरको शव फेला परेको थियो ।

    थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली खटिई फरार रहेकी मागी रोकायाको खोजी भइरहेकोमा उनी भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि भारतीय प्रहरीको सहयोग र समन्वयमा मागीलाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमानबिच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ ।

    उनी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार