Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राप्रपा महाधिवेशन: अझै सुरु भएन मतदान, बिहान ८ बजेदेखि प्रतिनिधिहरु भने लाइनमै

    राप्रपा महाधिवेशन: अझै सुरु भएन मतदान, बिहान ८ बजेदेखि प्रतिनिधिहरु भने लाइनमै

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । राप्रपाकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान अहिलेसम्म पनि सुरु भएकाे छैन ।

    निर्वाचन अधिकृतका अनुसार उम्मेदवारहरुको नाम रुजुकाे काम भइरहेकाले मतदानमा ढिलाइ भएकाे हो । यता, मतदानमा ढिलाइ भएकाे भन्दै महाधिवेशन प्रतिनिधिहर आक्राेशित बनेका छन् ।उनीहरु बिहान ८ बजेदेखि नै लाइनमा बसेका थिए।



    राप्रपाकाे नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।



    चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

    एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार