Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राजनीतिकर्मी दाजुको यौन दुर्व्यवहारमा फसे आफ्नै भाइ, सीएनएनले गर्यो कामबाटै बर्खास्त

    राजनीतिकर्मी दाजुको यौन दुर्व्यवहारमा फसे आफ्नै भाइ, सीएनएनले गर्यो कामबाटै बर्खास्त

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1K
    SHARES

    एजेन्सी । अमेरिकी चर्चित प्रस्तोता क्रिस कुमोलाई उनका दाजु तथा न्यूयोर्कका पूर्वगभर्नर एन्ड्रू कुमोले दुर्व्यवहार आरोप बेहोरिरहेका बेला पुर्‍याएको सहयोगका कारण सीएनएनले कामबाट बर्खास्त गरेको छ।

    आफ्ना दाजुको बचाउका लागि कुमोले गरेको सहयोगबारे थप सूचना बाहिरिएपछि सीएनएनले उक्त निर्णय गरेको बताएको छ।



    एन्ड्र्यु कुमोले आफ्ना कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोजनकर्ताहरूले ठहर गरेपछि गत अगस्ट महिनामा राजीनामा गरेका थिए। ५१ वर्षीय कुमोले एउटा विज्ञप्तिमाफर्त् दु:ख व्यक्त गर्दै ‘सीएनएनबाट मेरो समय यसरी समाप्त होस् भन्ने नचाहेको’ बताएका छन्।



    उनले सीएनएनका लागि सन् २०१३ देखि काम गर्दै आएका छन् र सीएनएनका एक प्रख्यात प्रस्तोता मध्यमा पर्छन् । कुमोले सन् २०२० को राष्ट्रपतीय निर्वाचनबारे गरेका प्रस्तुतिको चर्चा हुने गरेको छ।

    सीएनएनको विज्ञप्तिमा ‘एउटा प्रतिष्ठित कानुनी कार्यालयलाई उनका राजनीतिकर्मी दाजुको यौन दुर्व्यवहार सम्बन्धी समस्यामा क्रिसले आफ्ना दाजुलाई सहयोग गर्न गरेको प्रयत्नबारे हेर्न नियुक्त गरिएको जनाइएको छ।

    तर, समीक्षा भइरहेका बेला ‘नयाँ सूचना प्रकाशमा आएको’ र त्यसैका आधारमा नेटवर्कले उनलाई ‘तत्काल कार्यान्वयन हुने गरी’ जागिरबाट निष्कासन गरेको जनाइएको छ।

    आफ्ना दाजुलाई सहयोग गर्न क्रिस कुमोले पर्दा पछाडि गरेको प्रयत्न बाहिर आएपछि सीएनएनले गत मङ्गलवार नै उनलाई निलम्बन गरेको थियो। त्यस बेला सीएनएनले भनेको थियो, ‘परिवार पहिलो प्राथमिकतामा र काम दोस्रो प्राथमिकतामा पार्नुपर्ने आवश्यकता (क्रिस कुमोलाई) परेको अवस्थालाई सीएनएनले बुझेको छ।’

    तर, दाजुका लागि उनले दिएका सुझावहरू पत्रकारिताको आचारसंहिता विपरीत रहेको सीएनएनले जनाएको छ।

    सोमवार न्यूयोर्ककी महान्यायाधिवक्ता सार्वजनिक गरेको दस्ताबेजले कुमोले आफ्ना दाइको रक्षार्थ व्यापक भूमिका निर्वाह गर्नका लागि गभर्नरका कर्मचारीहरूलाई निरन्तर दबाव दिएको उल्लेख छ।

    ‘तपाईँले मलाई विश्वास गर्न आवश्यक छ,’ आफ्ना दाइकी सेक्रेटरीलाई गत मार्चमा पठाएको टेक्स्ट मेसेजमा लेखिएको छ। ‘हामीले गर्नै नहुने गल्तीहरू गरिरहेका छौँ।’

    उनले भविष्यमा बाहिरिन सक्ने थप आरोपहरूबारे जान्नका लागि अन्य अमेरिकी सञ्चारमाध्यमहरूमा सम्पर्क गर्न प्रयास गर्ने वाचा समेत गरेको बताइएको छ। बीबीसीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार