Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • भारतमा २१ जनामा ओमिक्रोन संक्रमण पुष्टि, नेपालमा कति छ खतरा ?

    भारतमा २१ जनामा ओमिक्रोन संक्रमण पुष्टि, नेपालमा कति छ खतरा ?

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट २१ जना संक्रमित भएका छन्। तीव्ररुपमा संक्रमण फैलिएपछि थप चिन्ता बढेको भारतीय अधिकारीले जानकारी दिएका छन्।

    पछिल्लो समय राजस्थानमा ९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। आजमात्रै मुम्बईमा एकै परिवारक ६ जनासहित ७ जनामा संक्रमण देखा परेको थियो। भारतीय अधिकारीहरुका अनुसार महाराष्ट्रमा मात्र अहिलेसम्म ८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।



    यसअघि कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा संक्रमण पुष्टि भएको थियो। भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार