Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ५२ लाखको घोडा र ९ लाखको बिरालो उपहार पाएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ

    ५२ लाखको घोडा र ९ लाखको बिरालो उपहार पाएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ परेकी छिन्। उनलाई प्रहरीले मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो।

    भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनी विदेश जाँदै थिइन्।



    प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ।



    प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार