Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ज्याकलिन र नोराको करोडौँ सम्पत्ति जफत गर्ने इडीको तयारी

    ज्याकलिन र नोराको करोडौँ सम्पत्ति जफत गर्ने इडीको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । सुकेशले ज्याकलिनलाई दिएको करोडौँको उपहार, करिब १० करोड बराबरको सम्पत्ति इडीले जफत गर्ने तयारी गरेको छ ।

    ज्याकलिन  मात्र नभई नोरा फतेहीलाई उपहारमा दिएको  बीएमडब्ल्यू कार पनि इनफोर्समेन्ट डायरेक्टरेट जफत गर्ने इडीको तयारी छ ।डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा करिब १० करोड रुपैयाँभन्दा बढी उपहार पाएकी थिइन् ।



    सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको जुत्ता, ९ लाखको चार बिरालो र ६७ लाखको घोडा जस्ता उपहार दिएका थिए ।



    इडीका अनुसार ज्याकलिनकी बहिनीले सुकेशबाट डेढ लाख डलर ऋण लिएकी छिन् ।

    यसबाहेक १५ लाख रुपैयाँ उनको भाइको एकाउन्टमा सारिएको छ । नोरा र ज्याकलिनका अलावा बलिउडका १० कलाकारको नाम सुकेश मामलामा जोडिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार