Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ज्याकलिन फर्नान्डिसले पाइन् जमानत, विदेश भ्रमणमा पनि जान पाउने

    ज्याकलिन फर्नान्डिसले पाइन् जमानत, विदेश भ्रमणमा पनि जान पाउने

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 1.1K
    SHARES

    एजेन्सी ।  बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई दिल्लीको पटियाला हाउस कोर्टले जमानत दिएको छ ।

    एडिशनल सेशन न्यायाधीश शैलेन्द्र मलिकले ज्याकलिनलाई २०० करोड भारुको सम्पत्ति शुद्धीकरण मुद्दामा २ लाख रुपैयाँ धरौटीमा जमानत दिएका हुन् ।



    तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने बताएको छ ।



    यो मुद्दामा दिल्लीको पाटियाला हाउस अदालतमा सुनुवाइ भइरहेको थियो । यसकै सिलसिलामा ज्याकलिन अदालत आउजाउ गरिरहेकी थिइन् । सुनुवाइको लागि उनी लगातार वकिलकै पहिरनमा अदालतमा पुगिरहेकी थिइन् ।

    सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारु प्रकरणमा ईडीले ज्याकलिनविरुद्ध मुद्दा दायर गरेको थियो । सुकेशले ज्याकलिनलाई महंगा उपहार पनि दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार