Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्नसूची

    ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्नसूची

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 726
    SHARES

    एजेन्सी । मनि लाउन्ड्रिङ केसमा बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिजसँग प्रहरीले बुधबार सोधपुछ गर्ने भएको छ।

    उनी सुकेश चन्द्रशेखरको मनी लाउन्ड्रिङ मुद्दाका आरोपितसँग जोडिएकी हुन्।



    यही मुद्दाका लागि उनी प्रहरीकहाँ पुग्दैछिन्। प्रहरीको आर्थिक अपराध महाशाखाले उनीसँग सोधपुछ गर्नेछ। ११ बजे प्रहरीकहाँ पुग्ने उनले बताएकी छन्।



    उनी २०० करोड भन्दा बढीको ठगीका मास्टरमाइन्ड सुकेशसँग उनको सम्बन्ध बारे पनि खोजबिन हुनेछ। प्रहरीले ज्याकलिनलाई सुकेशको प्रेमी भएको दाबी गर्दै आएको छ ।

    सुकेशसँग ज्याकलिनले महंगो गिफ्ट लिएको पाइएको छ। १० करोड बराबरको गिफ्ट उनले पाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनलाई सुकेशसँग कतिपटक भेटेकोदेखि कतिपटक फोन सम्पर्क भएकोसम्म प्रश्न सोधिनेछ ।

    प्रवर्तन निर्देशनालय (ईडी) ले ज्याकलिनलाई सम्पत्ति शुद्धीकरण मामलामा आफ्नो चार्जसिटमा आरोपीका रुपमा राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार