Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नोरा फतेहीले हालिन् ज्याकलिनविरुद्ध मानहानीको मुद्दा

    नोरा फतेहीले हालिन् ज्याकलिनविरुद्ध मानहानीको मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 657
    SHARES

    एजेन्सी । अभिनेत्री नोरा फतेहीले ज्याकलिन फर्नान्डिजविरुद्ध मानहानीको मुद्दा हालेकी छिन् ।

    ज्याकलिनले विनाप्रमाण आफ्नो नाम ठगी कान्डका आरोपी सुकेश चन्द्रशेखरसँग जोडेको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेकी हुन् ।



    ज्याकलिनले प्रवर्तन निर्देशनालयसँगको सोधपुछमा ठग सुकेश चन्द्रशेखरको सम्बन्ध नोरा फतेहीसँग पनि रहेको बताएकी थिइन् ।



    नोराले सुकेशसँग आफ्नो कुनै सिधा सम्बन्ध नरहेको तर उसकी श्रीमतीसँग भने सामान्य चिनजान रहेको बयान दिएकी थिइन् । नोराले सुकेशबाट कुनै उपहार पाएको पनि खण्डन गरेकी छिन् ।

    नोराले अदालतमा दर्ता गरेको निवेदनमा ज्याकलिनबाहेक थुप्रै समाचार संस्थाले विनाप्रमाण आफ्नो मुछेर समाचार बनाएको र यसले आफ्नो करिअर र मानसिक स्वास्थ्यमा असर परेको दाबी गरेकी छिन् ।

    नोरा र ज्याकलिन दुवैसँग इडीले मुद्रा अपचलनको विषयमा बारम्बार सोधपुछ गरेको थियो । ज्याकलिनलाई त प्रहरीले देश छाड्न अनुमति लिनपर्ने शर्तमा काम गर्न दिने गरेको छ । ज्याकलिन र नोरा दुवै विदेशी नागरिक हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार