Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कार्य सम्पादनमा स्तर वृद्धि गर्न प्रहरी कर्मचारीलाई आईजीपीको निर्देशन

    कार्य सम्पादनमा स्तर वृद्धि गर्न प्रहरी कर्मचारीलाई आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुको कार्य सम्पादनमा स्तर वृद्धि हुनु पर्नेमा जोड दिएका छन्।

    बुधबार प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित भवनको उद्‍घाटन गर्दै आईजीपी क्षेत्रीले नयाँ भवन प्राप्तिसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा जोड दिएका हुन् ।



    कार्यक्रमामा आईजीपी क्षेत्रीले नयाँ भवनमा कार्यरत प्रहरी कर्मचारीहरूले भवनको उपयोग हुनेगरी कार्यसम्पादन गर्नुका साथै त्यसको आवश्यक मर्मत सम्भार एवं जगेर्नाको लागि क्रियाशील रहन निर्देशन समेत दिए ।



    सो अवसरमा आईजीपी क्षेत्रीले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्‍याउने व्यक्तिहरूप्रति आभार प्रकट गरे।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार