Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ५० लाख ७६ हजार राजस्व छलीको आरोपमा दुईजनाविरुद्ध मुद्दा

    ५० लाख ७६ हजार राजस्व छलीको आरोपमा दुईजनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा दुई जना विरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    सिन्धुपाल्चोक घर भइ हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ बस्ने सत्यम शिवम कन्सट्रक्सन प्रालिका सञ्चालकद्वय रामकुमार प्याकुरेल र सङ्गिता कुमारी झा विरुद्ध मुद्दा चलाइएको हो । उनीहरुमाथि रु ५० लाख ७६ हजार विगो बराबरको राजस्व छली गरेको आरोप छ ।



    वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको दावी छ । मुल्य अभिवुद्धि करतर्फ र रु १६ लाख ७७ हजार र आयकरतर्फ ३४ लाखसमेत गरी ५० लाख ७६ हजार राजस्व चुहावट गरेको खुलेको विभागले उल्लेख गरेको छ ।



    विगो असुल उपर गरी विगो बराबरको जरिवाना तथा तीन वर्ष कैद सजायको माग दावी लिई मुद्दा दायर गरिएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार