Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महामन्त्रीमा हार्ने निश्चित भएपछि मिनेन्द्रले दिए रक्षामन्त्रीबाट राजिनामा

    महामन्त्रीमा हार्ने निश्चित भएपछि मिनेन्द्रले दिए रक्षामन्त्रीबाट राजिनामा

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेका डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने भएका छन् । रिजालले महामन्त्रीमा हार्ने निश्चित भएपछि राजीनामा दिने बताएका हुन् ।

    मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला उनले एक ट्वीट गर्दै अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उल्लेख गरेका छन्



    उनले ट्वीटरमा लेखेका छन्–‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार