Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • महामन्त्रीमा गगन थापाले जित्ने निश्चित, विश्वप्रकाशको पनि सम्भावना बलियो (३२२० मत गनियाे)

    महामन्त्रीमा गगन थापाले जित्ने निश्चित, विश्वप्रकाशको पनि सम्भावना बलियो (३२२० मत गनियाे)

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म ३२२० मत गन्दा २१०१ मतका साथ गगन थापा पहिलो स्थानमा छन् ।

    यो मतले गगनलाई लगभग महामन्त्रीमा जिताइसकेको छ । त्यसैगरी दोस्रो स्थामा विश्वप्रकाश शर्मा छन् । उनले १२८७ मत ल्याएका छन् । जसले गर्दा दुई महामन्त्री हुने कांग्रेसमा शर्माको पनि सम्भावना बलियो हुँदै गएको छ ।



    प्रकाशशरण महत १०६१ मतसहित तेस्रो स्थानमा छन् भने चौथोमा रहेका प्रदीप पौडेलले ९७१ मत ल्याएका छन् । त्यस्तै हार्ने निश्चित भएपछि रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गरेका डा. मीनेन्द्र रिजालले ५६६ मत प्राप्त गरेका छन् भने राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् ।



    कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

    सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा। शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

    यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

    यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

    सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार