Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यी हुन् नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजीत हुने चर्चित अनुहारहरू

    यी हुन् नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजीत हुने चर्चित अनुहारहरू

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । गत सोमबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट केही चर्चित अनुहारहरु केन्द्रीय सदस्य बन्न सकेनन् । प्रदेशका मुख्यमन्त्री बन्न लागेकादेखि पूर्वमन्त्री र विश्वविद्यालयका उपकुलपति समेत पराजित भए ।

    कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका लुम्बीनी प्रदेशका कांग्रेस संसदीय दलका नेता विरेन्द्रकुमार कनौडिया बैशाखमा मुख्यमन्त्री बन्न सहमती गरेका छन् ।



    त्यस्तै १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका केदार कार्की समेत पराजित भए भने त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनिया समेत पराजित भए ।



    अजयबाबु शिवाकोटी, गणेश लामालगायतका नयाँ अनुहारले चुनाव जित्दा पुराना मानिएका नेताहरुले भने केन्द्रीय सदस्यमा चुनाव हारे ।

    पराजित भएका चर्तित अनुहारहरु
    १. विरेन्द्रकुमार कनौडिया – लुम्बीनी प्रदेशका कांग्रेस संसदीय दलका नेता
    २. केदार कार्की – आन्तरिक मामिला तथा कानूनमन्त्री (प्रदेश १)
    ३. प्रा.डा. तीर्थराज खनिया – टियूका पूर्व भिसी
    ४. मंगलप्रसाद थारु – पूर्व सहायकमन्त्री
    ५. यज्ञबहादुर थापा – पूर्व मन्त्री
    ६. शम्भुलाल श्रेष्ठ– पूर्व राज्यमन्त्री
    ७. जनकराज गिरी – पूर्व सहायक मन्त्री
    ८. हरिप्रसाद नेपाली – केन्द्रीय सदस्य
    ९. राजेन्द्र बजगाई – क्यासिनो डन तथा राजश्वमारा
    १०. डा. शुरेशचन्द्र चालिसे – बेलायतका पूर्व राजदूत
    ११. हस्तबहादुर मल्ल – पूर्व मन्त्री तथा पूर्व सांसद
    १२. डा. शुरेश मल्ल – पूर्व राज्यमन्त्री
    १३. गणेशबहादुर खड्का – पूर्व राज्यमन्त्री
    १४.लक्ष्मण बहादुर बस्नेत – पूर्व अध्यक्ष (कांग्रेस ट्रेड यूनिय)
    १५. गोकर्ण पौडेल – पूर्व प्रधानमन्त्री एवं पूर्व सभापति गिरिजाबाबु कोइरालाका पिए
    १६.डा.मुकेश काफ्ले – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक
    १७. शिवराज जोशी पूर्वमन्त्री

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार