Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यी हुन् कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ३५ सदस्यहरु, डनदेखि पत्रकारसम्म विजयी

    यी हुन् कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ३५ सदस्यहरु, डनदेखि पत्रकारसम्म विजयी

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फ ३५ जनाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

    केहीबेर अघि पार्टी मुख्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिले निर्वाचन भएका ३५ जना केन्द्रीय सदस्यहरूको नाम र प्राप्त मतपरिणाम सार्वजनिक गरेको हो ।



    ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।



    मत परिणाम अनुसार टप फाइममा शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा र रामहरि खतिवडा परेका छन् । उनीहरू लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।

    केन्द्रीय सदस्यहरूमा निर्वाचित हुनेमा रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर रहेका छन् ।

    त्यसैगरी, सुनिलबहादुर थापा, रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, सञ्जयकुमार गौतम पनि निर्वाचित भएका छन् ।

    गोविन्दराज पोखरेल, राजिव ढुंगाना, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, गोपाल दाहित, कृष्णकिशोर घिमिरे र मोहन आचार्य पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

    केन्द्रीय सदस्यमा निर्वाचित भएकामध्ये गणेश लामा कुनै बेला डनको रुपले चिनिन्थे भने अजयबाबु शिवाकोटी पत्रकार हुन् । हाम्राकुरा डटकमका सम्पादक समेत रहेका शिवाकोटी प्रेस यूनियनको महासचिव समेत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार