Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

    कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । कांग्रेसको केन्द्रीय कार्यालयमा भएको मतगणानामा ६ चार जना आकांक्षीलाई उछिनेर थापा र शर्माले विजयी हासिल गरेका हुन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

    मत परिणाम अनुसार विजयी भएका गगन थापाले ३०२३ र विश्वप्रकाश शर्माले १९८४ मत ल्याए । त्यसैगरी तेस्रो नम्बरमा डा. प्रकाशशरण महत १५५०, चौथोमा प्रदीप पौडेलले १४०९, पाँचौमा डा. मिनेन्द्र रिजाल ८०९ र छैटौमा रहेका डा. राजाराम कार्की १०७ पाएका छन् ।



    कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा थियो ।



    सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा थिए ।

    यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार थिए ।

    नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् । जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने–‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो । फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो ।’

    यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार