Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रामकुमार हत्या प्रकरण: अपराधीलाई पक्राउ नगरेको भन्दै आफन्तद्वारा फेरि राजमार्ग अवरुद्ध

    रामकुमार हत्या प्रकरण: अपराधीलाई पक्राउ नगरेको भन्दै आफन्तद्वारा फेरि राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.5K
    SHARES

    रामनारायण यादव / सिरहा  । रामकुमार हत्या प्रकारणमा प्रशासनविरुद्ध पुनः स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।

    छुरा प्रहार गरी हत्या रहेको घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका बासिन्दाले पुनः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।



    डोहटियाका सयौं महिला र पुरुषले लाठी बोकेर गोलबजारस्थित राजमार्गमा प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्नुका साथै बजार समेत बन्द गराएका हुन् ।



    आइतबार भएको सहमतिअनुसार २४ घण्टाभित्र अपराधीलाई पक्राउ नगरेकाले आफूहरु पुनः आन्दोलनमा उत्रेको स्थानीहरुको भनाई छ ।

    गोलबजार नगरपालिकामा तालाबन्दी

    आन्दोलनकारीले मेयरले हत्यारा पक्राउ गर्न पहल नगरेको भन्दै गोलबजार नगरपालिकामा तालाबन्दी गरेका छन् । करिब साढे ११ बजेदेखि नै राजमार्ग अवरुद्ध गरिएपछि हजारौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

    अपराधीलाई अविलम्ब पक्राउ गरी सजायँ दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने आन्दोलनकारीको माग रहेको छ ।

    शनिबार साँझ गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो ।

    रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव पीडित परिवारले बुझन मानिरहेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार