Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • युरोपमा ओमिक्रोनको त्रास: फेरि कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियम लागू गर्ने घोषणा

    युरोपमा ओमिक्रोनको त्रास: फेरि कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियम लागू गर्ने घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । पछिल्लो समय युरोपका देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिने क्रम जारी रहेका बेला सम्बन्धित देशहरुले कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियम पुन: लागू गर्ने घोषणा गरेका छन् ।

    युरोपका कैयौं मुलुकमा ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेसँगै जर्मनीले क्रिसमसको पूर्वसन्धयामा पार्टीमा जान र भिडभाड गर्न रोक लगाएको छ।



    यसअघि नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन गरेको थियो । पोर्चुगलले आगामी २६ डिसेम्बरसम्मका लागि बार र नाइट क्लब बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डले पनि प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् ।



    यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बढ्दै गएको ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने चेतावनी दिएको छ।

    युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै डब्लूएचओका एक वरिष्ठ अधिकारीले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् ।

    ‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ ।,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार