Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

    सप्तरीबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.3K
    SHARES

    सप्तरी । लागुऔषध ब्राउन सुगरसहित सप्तरीबाट दुईजना भारतीय नागरिकहरु पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा भारतको सुपौल भिमनगर ग्राम पञ्चायत वडा नम्वर ४ का ३१ वर्षीय गोलु भन्ने रतन शर्मा र ३५ वर्षीय जय प्रकाश पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।



    डीएसपी काफ्लेका अनुसार दुबै जनालाई सप्तरीको कंचनरुप नगरपालिका वडा नम्वर २ स्थित पुर्व–पश्चिम लोकमार्गबाट पक्राउ गरिएको हो ।



    उनीहरुको साथबाट खैरो हिरोईन (ब्राउन सुगर) २२ ग्राम र भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरिएको डीएसपी काफ्लेले बताए।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेको  भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार