Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ‘कुख्यात अपराधी’ चार्ल्स शोभराजको कैद छुटको मुद्दा न्यायाधीश सिन्हाको बेञ्चमा

    ‘कुख्यात अपराधी’ चार्ल्स शोभराजको कैद छुटको मुद्दा न्यायाधीश सिन्हाको बेञ्चमा

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । ‘कुख्यात अपराधी’ चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ ।

    सर्वोच्च अदालतका अनुसार बिहीबार गोलाप्रथा प्रणालीअनुसार मुद्दाको पेसी तोकिँदा शोभराजको मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको बेन्चमा परेको हो ।



    शोभराजले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा पाउनुपर्ने मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा १८ असोजमा न्यायाधीश मीरा खड्काको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश समेत जारी गरेको थियो।



    यसअघि गत बर्षको चैत २० गते केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसबारे अनुसन्धान समेत भएको थियो।

    चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार