Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पुनर्निर्माण प्राधिकरणको प्रशंसा गर्दै गृहमन्त्रीले भने- अन्तर्राष्ट्रिय अनुसन्धानमा काम लाग्नेगरी कार्यसम्पादन भएको छ

    पुनर्निर्माण प्राधिकरणको प्रशंसा गर्दै गृहमन्त्रीले भने- अन्तर्राष्ट्रिय अनुसन्धानमा काम लाग्नेगरी कार्यसम्पादन भएको छ

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा गरेको कामको प्रशंसा गरेका छन्।

    बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा गृहमन्त्री खाँणले प्राधिकरणले छोटो समयमै महत्वपूर्ण कार्य सम्पादन गरेको भन्दै प्रशंसा गरेका हुन्।



    कार्यक्रममा मन्त्री खाले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका प्राज्ञले समेत अनुसन्धान गर्नयोग्य काम गरेको दाबी समेत गरे।



    ‘६ वर्षे कार्यकालमा पुनर्निर्माण प्राधिकरणले महत्वपूर्ण कार्य सम्पादन गरेको छ,’ मन्त्री खाँणले भने, ‘प्राधिकरणको काम यस सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञलाई पनि काम लाग्छ ।’

    यस्तै, मन्त्री खाँणले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचना पुरातात्विक महत्वका संरचनाको निर्माण जटिल र चुनौतिपूर्ण भए पनि प्राधिकरणले मन लगाएर पूरा गरेको भन्दै सरकार र जनताको तर्फबाट प्राधिकरणलाई धन्यवाद दिए

    प्राधिकरणले २०७२ पुस १० गते काम सुरु गरेको थियो । प्राधिकरणले आफ्नो जिम्मेवारी सहरी विकास मन्त्रालय र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण समेत गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार