Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इटालीमा पनि ओमिक्रोनका सङ्क्रमित बढे, पुन: लकडाउनको घोषणा

    इटालीमा पनि ओमिक्रोनका सङ्क्रमित बढे, पुन: लकडाउनको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ ।

    रिपोर्टका अनुसार त्यहाँ  प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ । त्यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् ।



    पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ । इटालीको मन्त्रिपरिषदले क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको त्यहाँको सरकारले जनाएको छ ।



    त्यहाँका प्रतिबन्धहरुमा रात्रि क्लबहरु र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरै जना व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ ।

    त्यहाँ  प्रत्येक दिन नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमितहरु देखिने गरेका छन् । साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ ।

    यसअघि युरोपकै जर्मनी, नेदरल्याण्ड र स्पेनलगायतका देशहरुमा पनि ओमिक्रोन बढेको भन्दै निषेधाज्ञा लागू भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार