Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी महाधिवेशन:

    प्रतिगमनको अन्त्यका लागि एकताको आवश्यक: राजमो उपाध्यक्ष पौडल

    प्रतिगमनको अन्त्यका लागि एकताको आवश्यक: राजमो उपाध्यक्ष पौडल

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न दलबीचको एकता आवश्यक रहेको बताएकी छन् ।

    आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले प्रतिगमन शक्तिको अन्त्यका लागि सबै दलहरूबीचको एकता आवश्यक रहेको बताइन् ।



    ‘अहिले पनि प्रतिगमन शक्ति सक्रिय छ’, पौडेलले भनिन्, ‘हामीहरूबीच मतभेद रहेको भए पनि प्रतिगमन अन्त्यका लागि दलहरूबीचको एकता आवश्यक छ ।’ राष्ट्रियताका लागि दलहरू एकजुट हुनुपर्ने पौडेलको भनाइ छ।



    कार्यक्रमलाई छोटो सम्बोधन गरेकी उनले माओवादीले नै देशको राजनीतिमा मुख्य भूमिका खेल्ने बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार