Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ५५ अर्बमा सार्वभौमिकता साट्न सकिँदैन: दुर्गा पौडेल

    ५५ अर्बमा सार्वभौमिकता साट्न सकिँदैन: दुर्गा पौडेल

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूची आएपछि विशेष समय लिएर बोकेकी पौडेलले भनिन्, ‘जसरी श्रीलंकाले फिर्ता पठाएको छ, हामीले पनि त्यसरी नै फिर्ता पठाउनुपर्छ ।’



    यस्तै, पौडेलले एमसीसी संसदबाट पारित गराउने प्रयत्न हुनु नै राष्ट्रहित विपरीत भएको भन्दै ५५ अर्ब पैसासँग सार्वभौमिकता साट्न नसकिने बताइन् । ‘हाम्रो ऐन, कानून र संविधानभन्दा एमसीसीको प्रावधान बलियो हुने व्यवस्था छ । ५५ अर्ब पैसासँग सार्वभौमिकता साट्न सकिदैन’, पौडेलले भनिन् ।



    यस्तै, संसदको विशेष समयमा बोलेका सांसदहरु भीम रावल र प्रेम सुवालले पनि एमसीसीको विरोध जनाउँदै एमसीसी सम्झौता राष्ट्रघाती भएको जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार