Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नागरिकलाई पारदर्शी प्रहरी सेवा उपलब्ध गराउन आईजीपीको निर्देशन

    नागरिकलाई पारदर्शी प्रहरी सेवा उपलब्ध गराउन आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    विराटनगर । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताएका छन्।

    जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमणपश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै आईजीपी क्षेत्रीले उक्त कुरा बताएका हुन् । निरीक्षण भ्रमणको क्रममा उनले प्रहरी सेवा लिन आएका केही सेवाग्राहीहरुसंग अन्तरक्रिया समेत गरेका थिए ।



    निर्देशनको क्रममा आईजीपी क्षेत्रीले प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश, २०७७ को अक्षरस पालना गर्दै नागरिकमैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका व्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागि पर्नुपर्नेमा जोड दिए ।



    शून्य सहनशिलताको अक्षरस पालना गर्दै विविध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्धतीलाई प्रविधिमैत्री बनाउँदै प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरिकलाई प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था मिलाउन पर्ने उल्लेख गर्दै आईजीपी क्षेत्रीले विविध अपराधिक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप सशक्त रुपमा काम कारवाही गर्न निर्देशन दिए ।

    आईजीपी क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन, लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न र महिला तथा बालबालिक माथि हुने हरेक घटनालाई गम्भीरता पुर्वक लिई त्यसतर्फ विशेष ध्यान केन्द्रीत हुन समेत निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार