Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सर्लाहीको ईश्वरपुरमा आज साँझसम्म निषेधाज्ञा

    सर्लाहीको ईश्वरपुरमा आज साँझसम्म निषेधाज्ञा

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 2.1K
    SHARES

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा मंगलबारदेखि जारी निषेधाज्ञा आज पनि कायमै छ ।

    गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनी भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मंगलबार अपरान्ह ३ बजेदेखि जारी गरेको निषेधाज्ञा बुधबार साँझ ७ बजेसम्म कायम रहने छ ।



    निषेधित क्षेत्रमा भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रशासनले चेतावनी दिएको छ ।



    निषेधाज्ञा जारी रहने क्षेत्र

    ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पुर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म ।

    ईलाका प्रहरी कार्यालय, केशरगंज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार