Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • माओवादीको बन्दसत्र: टोली नेतालाई १५ मिनेटको समय

    माओवादीको बन्दसत्र: टोली नेतालाई १५ मिनेटको समय

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ ।

    कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघिदेखि बन्दसत्रको आजको कार्यक्रम सुरु भएको हो । प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएका थिए ।



    समूहका टोली नेताले प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषय वस्तुमाथि आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो । बन्दसत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ ।



    टोली नेताले आफ्नो समूहको धारणा राख्न र छलफलका क्रममा उठेका विषयलाई लिखितरुपमा पनि प्रस्तुत गर्न निर्देशन दिइएको छ । बन्दसत्रमा नेता सुरेन्द्र कार्कीले पनि पूरक प्रतिवेदन पेश गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार