Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चिलीमा ट्रक र मजदुर बोकेको भ्यान एकआपसमा ठोक्किँदा ९ जनाको मृत्यु, दुई घाइते

    चिलीमा ट्रक र मजदुर बोकेको भ्यान एकआपसमा ठोक्किँदा ९ जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.1K
    SHARES

    सांकेतिक तस्बिर

    एजेन्सी । मध्य चिलीको ओ’हिगिन्स क्षेत्रको प्युमो शहरमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । साथै दुई जना गम्भीर घाइते भएका छन्।

    ओ’हिगिन्स क्षेत्रका अधिकारी रिकार्डो गुजम्यानका अनुसार बुधबार ठूलो ट्रक र मजदुर बोकेको भ्यान ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थल नजिकैको रान्कागुवा अस्पतालमा सार्दा अर्का एक घाइतेको मृत्यु भएको बताइएको छ ।



    ‘घटनास्थलमा पुग्दा करिब ११ जना घाइते थिए । हामीले घटनास्थलमा आठ जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको ,’ प्युमो फायर ब्रिगेडका कप्तान लुइस मालडोनाडोले जानकारी दिएका छन् ।



    चिलीको श्रम निर्देशनालयले घटनाको छानबिन गर्ने जानकारी दिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार