Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रोजगारी गर्न कुवेत पुगेका ३ नेपालीको दुर्घटनामा मृत्यु

    रोजगारी गर्न कुवेत पुगेका ३ नेपालीको दुर्घटनामा मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेका उनीहरूको गत बुधबार मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।



    साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।



    घटना पश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको र शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार