Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नाइजेरियामा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु

    नाइजेरियामा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 570
    SHARES

    एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको ट्राफिक प्रहरीले आइतबार देशको मध्य भागमा रहेको प्लेटू राज्यमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको बताएको छ ।

    ट्रकमा कुल ९९ जना सवार रहेकोमध्ये १६ जनाको दुर्घटनामा मृत्यु भएको पुष्टि भएको हो । दुर्घटनामा अरु ८३ जना घाइते भएका छन् ।



    तीव्र गति र क्षमताभन्दा बढी यात्रु सवार हुनेजस्ता कारणले दुर्घटना भएको प्लेटूस्थित संघीय सडक सुरक्षा कोरका प्रवक्ता पिटर लङ्सानले बताएका छन् ।



    शनिबार राति मङ्गु क्षेत्रमा अवस्थित ज्वाक गाउँनजिकैको सडकमा नियन्त्रण गुमाउँदा ट्रक पल्टिएको लङसानले राज्यको राजधानी जोसमा पत्रकारहरूलाई बताएका छन् ।

    घाइते सबैको नजिकैको अस्पतालमा उपचार भइरहेको लोङसानले बताएका छन् । नाइजेरियामा प्रायः घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । क्षमता भन्दा बढी यात्रु सवार, खराब सडक अवस्था, र जथाभावी सवारी दौडाउनेजस्ता कारणले दुर्घटना हुने गरेको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार