Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मध्य नाइजेरियामा सशस्त्र समूहले गर्‍यो १६० जनाको हत्या

    मध्य नाइजेरियामा सशस्त्र समूहले गर्‍यो १६० जनाको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 570
    SHARES

    फाइल फोटो

    एजेन्सी । मध्य नाइजेरियामा सशस्त्र समूहले श्रृंखलाबद्ध आक्रमण गरी कम्तीमा १६० जनाको हत्या गरेको छ । आइतबार र सोमबार राति भएको आक्रमणमा ३०० भन्दा बढी मानिस घाइते भएका छन् ।

    धार्मिक र जातीय द्वन्द्व भइरहेको मध्य–नाइजेरियामा स्थानीय रुपमा डाँकु भनिने सशस्त्र समूहले आक्रमण गरेको प्लेटु राज्यको बोकोसका सरकारी अधिकारीले बताएका छन् ।



    सशस्त्र समूहले विभिन्न ठाउँमा बस्तीहरुमा आगजनी गरेको र घातक हतियार प्रयोग गरेको अधिकारीहरुको दाबी छ। 



    यी क्षेत्रमा मुस्लिम र क्रिश्चियन धर्म मान्नेबीचमा लामो समयदेखि द्वन्द्व छ । एम्नेष्टी इन्टरनेसनलले आक्रमणको निन्दा गर्दै नाइजेरिया सरकार बारम्बार हुने हिंसा रोक्न असफल भएको आरोप लगाएको छ। 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार