Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते

    ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 519
    SHARES

    काठमाडौं । बारामा ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बाप्र ०१–०२६ च १३३४ नम्बरको जीप जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगल सडक खण्डमा एक आपसमा ठोक्किएको हो ।



    दुर्घटनामा एकजना भारतीय नागरिकसिहत २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।



    मृत्यु हुनेमा नुवाकोटको बिदुर नगरपालिका–९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान छन् । एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरका ३० वर्षीय रवि पटेल रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार