Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • टाटा ग्रुपका पूर्वप्रमुख साइरस मिस्त्रीको कार दुर्घटनामा निधन

    टाटा ग्रुपका पूर्वप्रमुख साइरस मिस्त्रीको कार दुर्घटनामा निधन

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 909
    SHARES

    एजेन्सी । टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ ।

    भारतीय मिडियाका अनुसार मुम्बईनजिकको पालघर भन्ने स्थानमा मिस्त्रीको गाडी दुर्घटनामा मृत्यु भएको हो ।



    दुर्घटनापछि मिस्त्रीलाई अस्पताल लगिए पनि त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो । प्रहरी अधिकारीका अनुसार मिस्त्री उनको मर्सिडिजमा अहमदावादबाट मुम्बईतर्फ यात्रा गरिरहेका थिए।



    उनीसँगै यात्रा गरिरहेका कार ड्राइभर र अर्का व्यक्ति पनि घटनामा सख्त घाइते भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार