Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी स्थायी समिति बैठक सकियो

    माओवादी स्थायी समिति बैठक सकियो

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ ।

    महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो ।



     



    बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो ।

    ‘समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ’ एक स्थायी समिति सदस्यले भने । समूहगत छलफल बिहीबार सकिएको छ र भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

    स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पुन बस्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार