Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी महाधिवेशनको छैटौं दिन : आज के हुँदैछ ?

    माओवादी महाधिवेशनको छैटौं दिन : आज के हुँदैछ ?

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा शुक्रबार नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने भएको छ ।​

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएको छ ।



    आज शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।



    माओवादीको बन्दसत्रमा आज अपराह्न १ बजेबाट सुरु हुनेछ ।  बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

    त्यसपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ गुरुङले दिने र प्रचण्डले आफ्नो दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।

    त्यसपछि केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार