Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी महाधिवेशनः आजको बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

    माओवादी महाधिवेशनः आजको बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 972
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रम सुरु भएको छ ।

    नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।



    आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिने कार्यक्रम छ ।



    अध्यक्ष प्रचण्डको जवाफलगत्तै निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ ।बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार