Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आवश्यक परे आफ्नै टाउकोमा आगो लगाएर हिड्न तयार छौं: प्रचण्ड

    आवश्यक परे आफ्नै टाउकोमा आगो लगाएर हिड्न तयार छौं: प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई क्रान्तिकारी बनाउन आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।

    प्रज्ञा भवनमा जारी पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष प्रचण्डले माओवादीलाई क्रान्तिकारी बनाउन आफू जस्तोसुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको बताए।



    कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।



    माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको र आवश्यक पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन आफूहरु तयार रहेको प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार