Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय दस्तावेजमा समेट्ने प्रचण्डको प्रतिबद्धता

    कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय दस्तावेजमा समेट्ने प्रचण्डको प्रतिबद्धता

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 852
    SHARES

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो राजनीतिक दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रज्ञा भवनमा जारी पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी र सीमा विवादको विषय  दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका हुन् ।



    ‘लिपुलेक र नक्साको बारेमा जुन ठाउँमा बोल्नुपर्छ, बोल्छु,’ प्रचण्डले भने, ‘अनि दस्ताबेजमा लेख्छु ।’



    यसअघि प्रतिनिधिहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्साको स्वामित्व केपी ओलीलाई नदिएर माओवादीले लिनुपर्ने र सीमा विवादको विषय दस्तावेजमा समेट्नुपर्ने माग गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार