Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रीय सदस्य काठमाडौं बस्न नपाउने

    माओवादी केन्द्रीय सदस्य काठमाडौं बस्न नपाउने

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने बताइएको छ ।

    पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाडौं बस्न नपाउने घोषणा गरेका हुन्।



    ’पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन्,’ प्रचण्डले भने ।



    प्रस्ताव पारित भएमा प्रतिनिधि सभा सांसदबाहेक केन्द्रीय सदस्यहरू जिम्मेवारी लिएका क्षेत्र (गाउँ) मै जानुपर्ने हुन सक्छ।

    साथै प्रचण्डले तीनै तहका निर्वाचनपछि पार्टीले विशेष महाधिवेशन गर्न सक्ने पनि बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार