Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • शेरधन राईले राजीनामा दिएको ४ महिनापछि फिर्ता गरे सरकारी गाडी

    शेरधन राईले राजीनामा दिएको ४ महिनापछि फिर्ता गरे सरकारी गाडी

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.2K
    SHARES

    विराटनगर। प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्त भएको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् ।

    चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।



    उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । ‘गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो,’ दाहालले भने, ‘मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।’राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।



    उनले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार